भारतका पूर्व क्रिकेटरले गरे आत्महत्या

काठमाडौँ : भारतको राष्ट्रिय टोलीबाट टेस्ट क्रिकेट खेलिसकेका पूर्वखेलाडी डेभिड जोन्सनले आत्महत्या गरेका छन् । उनले बिहीबार बेंगलुरुस्थित आफ्नै घरको चौथो तल्लाबाट फालहानेर आत्महत्या गरेको समाचारमा जनाइएको छ । 

५३ वर्षीय पूर्वक्रिकेटर डेभिडले आत्महत्या गर्नुको कारण भने खुलेको छैन । उनी आफ्नो घरनजिकै क्रिकेट एकेडेमी चलाउँथे । कर्नाटक राज्य क्रिकेट सङ्घका एक अधिकारीले पनि डेभिडले आत्महत्या गरेको समाचारको पुष्टि गरेका छन् । 

Dengue

‘डेभिड आफ्नै घरको चौथो तल्लाबाट तल खसेको जानकारी हामीले पाएका छौँ । उनलाई तत्काल अस्पताल लगिएको थियो । तर, अस्पतालले उनलाई मृत घोषित गर्‍यो,’ नाम नखुलाइएको ती अधिकारीले सञ्चारकर्मीसँग भनेका छन् । 

डेभिड जोन्सनले भारतका लागि दुई वटा टेस्ट पनि खेलेका थिए । उनले भारतका लागि अस्ट्रेलिया र दक्षिण अफ्रिकाविरुद्ध टेस्ट खेलेका थिए । टेस्ट क्रिकेटमा मध्यमतेज गतिका बलर डेभिडले तीनवटा विकेट पनि लिएका थिए । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार