नेपाली क्रिकेट टीम फर्कियो, सन्दीप दुई दिनपछि आइपुग्ने

काठमाडौं : टी-२० विश्वकपमा सहभागी भएर नेपाली राष्ट्रिय क्रिकेट टीम स्वदेश फर्किएको छ । हिजो राति र आज बिहान गरी दुईवटा समूहमा बाँडिएर टिम फर्किएको हो ।

कुशल भुर्तेल, सोमपाल कामी, आसिफ शेख, करन केसी र अविनाश बोहरालगायतको समूह हिजो राति १० बजे विमानस्थलमा ओर्लिएको थियो । कप्तान रोहित कुमार पौडेल लगायत बाँकी रहेका खेलाडी तथा अफिसियल आज आएका हुन् ।

Dengue

स्पीनर सन्दीप लामिछाने भने आइपुगेका छैनन् । टीमका अन्य सदस्य अमेरिका भएर नेपाल आएको क्यान स्रोतले बताएको छ ।

सन्दीपसँग अमेरिकाको भिसा नभएकाले उनी अर्को रुटबाट आउनु परेको छ । उनी क्यानडा हुँदै आउने भएका छन्। उनी दुई दिनपछि मात्रै आइपुग्ने बताइएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार