सुनको भाउ तोलामा ६ सयले बढ्यो

 काठमाडौं : बिहीबार सुनको भाउ तोलामा ६ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि तोलाको १ लाख ४२ हजार ८ सय रुपैयाँ मूल्य तोकेको छ ।

विगत तीन दिनसम्म सुनको मूल्य १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि सुन जेठ २५ गते तोलाको १ लाख ४५ हजार रुपैयाँसम्म पुगेको थियो ।

Dengue

त्यस्तै चाँदीको मूल्य तोलामा ३५ रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलाको १८०५ रुपैयाँ रहेको चाँदी आज १८४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार