टी-२० विश्वकप : एकपछि अर्को अनपेक्षित नतिजा, बलिया मानिने टोली हार्दै

काठमाडौं । आईसीसी टी-२० विश्वकप अमेरिका र वेस्ट इन्डिजमा जारी छ । अहिलेसम्म १५ खेल भइसकेका छन् ।

यस विश्वकपका एकपछि अर्को अपत्यारिलो नतिजा आइरहेका छन् । उपाधिका दाबेदार मानिने देशपछि हार्न थालेका छन् भने अधिकांश देशलाई १०० रन कटाउन पनि मुस्किल परिरहेको छ ।

Dengue

यसैबीच शनिबार बिहान भएको खेलमा बलियो देश न्यूजिल्याण्डले अफगानिस्तानसँग फराकिलो हार व्यहोरेको छ ।

वेस्ट इन्डिजमा भएको खेलमा अफगानिस्तानले न्यूजिल्याण्डलाई ८४ रनले पराजित गरेको हो ।न्युजिल्याण्डले जितका लागि १६० रन बनाउनु परेको थियो तर, ७५ रनमा मात्रै अलआउट भयो ।

न्यूजिल्याण्डका कप्तान केन विलियम्सनले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका थिए । त्यसपछि अफगानिस्तानले ६ विकेट गुमाएर १५९ रन बनाएको थियो ।

अफगानिस्तानका लागि रहमानुल्लाह गुरबाजले सर्वाधिक ८० र इब्राहिम जद्रानले ४४ रन बनाए ।जसमा १६० रनको लक्ष्य दिएको न्यूजिल्याण्ड १५.२ ओभरमा ७५ रनमा अलआउट भयो ।अफगानिस्तानका लागि फजलहक फारूकी र राशिद खानले ४–४ विकेट लिए भने मोहम्मद नाबीले २ विकेट लिए ।

यस्तै, शुक्रबार राति भएको खेलमा तुलनात्मक रूपमा बलियो मानिने आयरल्याण्ड क्यानडासँग पराजित भयो ।

क्यानडाले जितका लागि १३८ रनको सामान्य लक्ष्य दिए पनि आयरल्यान्डको टोलीले सात विकेटमा १२५ रन मात्रै बनाउन सकेन ।१२ रनले पराजित भएको आयरल्याण्डको टोलीले लगातार दोस्रो हार हो भने क्यानडाको पहिलो जित ।क्यानडाको जितमा निकोलस किर्टन नायक भए । उनी ‘प्लेयर अफ द म्याच’ घोषित भए ।

यसअघि आयोजक अमेरिकाले उपाधि दाबेदार मानिने पाकिस्तानलाई हराएको थियो ।सानदार प्रर्दशन गर्दै अमेरिकाले पाकिस्तानलाई सुपर ओभरमा हराएको थियो । जसमा पाकिस्तानले पहिलो खेलमै नराम्रो हार चाख्यो ।

यससँगै उसको सुपर-८ मा पुग्ने सम्भावनामा केहि धक्का लागेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार