टी–२० विश्वकपअघि नेदरल्याण्ड्सको धमाका, विश्व च्याम्पियन टोलीलाई हराएर सबैलाई चकित पार्यो

एजेन्सी : वेस्ट इन्डिज र अमेरिकाको आयोजनामा टी–२० विश्वकप २०२४ जुन २ बाट सुरु हुँदैछ ।

यसअघि वार्मअप म्याच खेलाइँदै छ, जहाँ बंगलादेश र अमेरिकाबीचको अभ्यास खेल वर्षा र खराब मौसमका कारण रद्द भएको थियो ।

Dengue

यस्तै, अष्ट्रेलियाले आफ्नो अभ्यास खेलमा नामिबियालाई ७ विकेटले पराजित गरेको छ । तर, तेस्रो अभ्यास खेलले सबैलाई चकित बनायो । हाई भोल्टेज खेलमा नेदरल्याण्ड्सले श्रीलंकालाई २० रनले पराजित गरेको छ । विश्व च्याम्पियन टोलीलाई पराजित गर्दै नेदरल्याण्ड्सले सबैलाई चकित बनाएको छ ।

पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८१ रन बनाएको थियो । जवाफमा लक्ष्य पछ्याउने क्रममा श्रीलंकाको टोली १८ दशमलव ५ ओभरमा १६१ रनमा अलआउट भयो ।

विश्व च्याम्पियन टोलीविरुद्ध नेदरल्यान्ड्सको यो जित निकै महत्वपूर्ण छ, किनभने यो जितले टोलीका खेलाडीको आत्मविश्वास बढ्नेछ । प्रतियोगितामा राम्रो प्रदर्शन गर्न सक्षम हुनेछ ।

नेदरल्याण्ड्सका कप्तान स्कट एडवर्ड्सले श्रीलंका विरुद्धको अभ्यास खेलमा अन्तिममा आक्रामक खेल्दै जित दिलाए उनले १२ बलमा २७ रनको पारी खेले । उनी बाहेक माइकलले ५५ रनको इनिङ खेल्दै टोलीलाई यो स्कोर बनाउन मद्दत गरे ।

नेदरल्याण्ड्सले सन् २०२४ को टी–२० विश्वकपमा नेपालसँग जुन ४ मा खेल्दै आफ्नो अभियान सुरु गर्नेछ । समूह ‘डी’ मा नेदरल्याण्ड्स, श्रीलंका, दक्षिण अफ्रिका, बंगलादेश र श्रीलंका रहेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार