बालेनको चेतावनीपछि सरकारले रिहा गर्यो गाडी चालक

काठमाडौं : काठमाडौं महानगरपालिकाको फोहोर बोक्ने गाडीका चारजना चालक रिहा भएका छन् । मेयर बालेन शाहले सामाजिक सञ्जालबाट नियन्त्रणमा लिइएका चालकहरूलाई स–सम्मान रिहा गरिएको जानकारी गराएका छन् ।

“जो कोहीले यति बुझ्नुहोला– पदमा तलमाथि होला, भूमिकामा तलमाथि होला । तर नियम, कानुन र भूमिकामा बस्ने हरेक कर्मचारीको, हरेक महानगरबासीको आत्मसम्मान हुन्छ । त्यसमा कसैले सम्झौता गर्न पाइँदैन । काठमाडौं महानगर यसमा संवेदनशील छ,” उनले भनेका छन् ।

Dengue

महानगरले आफ्ना कर्मचारीमाथि हुने अनाहकको अपमान नसहने बालेनको भनाइ छ । “अझ आफ्नो कर्तव्य निभाइरहेका आफ्ना कुनै कर्मचारी अनाहकमा अपमान महानगरले सहँदैन । बुझेर कदम चाल्नुहोला,” उनले भनेका छन् ।

यसअघि उनले फेसबुकबाटै चालकलाई रिहा नगरेसम्म सिंहदरबारको, पार्टीहरूको कार्यालयको र नेताहरूको घरबाट फोहोर नउठाउने चेतावनी दिएका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार