अब सिंहदरबार, पार्टी कार्यालय र नेताका घरको फोहर उठ्दैन, जुध्न आउनेलाई बाँकी छाड्दिन : बालेन

काठमाडौँ : सिंहदरबारको फोहर रोकेर राजनीतिक नेतृत्वलाई चुनौती दिएका काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले फेरि पार्टीका नेताहरूलाई धम्कीपूर्ण अभिव्यक्ति सार्वजनिक गरेका छन्। 

उनले भ्रष्टाचारीलाई समात्न नसक्ने सरकारले काठमाडौँ महानगरपालिकाको फोहर बोक्ने गाडीका चालकलाई पक्राउ गरेको भन्दै आक्रोस व्यक्त गरेका छन्। उनले चालकहरूलाई नछाडेसम्म सिंहदरबारलगायत सबै पार्टी कार्यालय र नेताहरूको घरको फोहर नउठाउने चेतावनीसहितको स्टेटस फेसबुकमार्फत सार्वजनिक गरेका हुन्। 

Dengue

उनले लेखेका छन्, ‘भ्रष्टलाई समाउन सक्नु भएन, काठमाडौँमा फोहोर बोक्ने चार चालकलाई समाउनु भएछ यो सरकारले। जबसम्म ससम्मान चालकहरू रिहा हुन्नन् सिँहदरबारलगायत सबै पार्टी कार्यालयको र नेताहरूका घरको फोहोर उठ्दैन। को-को जुध्न आउने हो, आए हुन्छ, कसैलाई बाँकी छोड्दिन।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार