बैतडीका विवाहित शिक्षकले आफ्नै विधार्थीलाई बिहे गर्छु भन्दै भारत पुगाए पछी……

बैतडी : बैतडीको शिवनाथ गाउँपालिकाका एक शिक्षकले छात्रालाई भगाएका छन् । शिवनाथ-१ स्थित नागार्जुन आधारभूत विद्यालयका शिक्षक करनसिंह साउँदले कक्षा ९ मा अध्ययनरत छात्रालाई भगाएका हुन् ।

साउँदले नागार्जुन कक्षा ९ मा पढ्दै गरेकी गाउँकै छात्रालाई भगाएका छन् । गाउँपालिकाले नियुक्त गरेका करिब २८ वर्षीय शिक्षक साउँदले जेठ २ गते बुधवार गाउँकै छात्रालाई बिहे गर्ने भन्दै भगाएर भारत लगेको खुलेको छ । केटी भगाउने शिक्षक साउँद विवाहित हुन् । उनका दुई छोरा रहेको स्थानीयले बताएका छन् ।

Dengue

शिवनाथ गाउँपालिका वडा नम्बर १ का कार्यवाहक अध्यक्ष मानसिंह साउँदले करनसिंहलाई भारतमा पक्राउ गर्न पहल गरेको बताएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार