आज सिता जन्मेको दिन अर्थात् सिता जयन्ती

काठमाडौं : वैशाख शुक्ल नवमी अर्थात् भगवती सीता उत्पत्ति भएको दिन।

सीतालाई सत्यवती, पतिव्रता एवं आदर्श नारीका रूपमा सम्मान गरिन्छ। 

SHIKHAR COOL TECH

जनकपुरका राजा जनकले यज्ञ गर्न भूमि जोत्ने क्रममा बालिका फेला पारेको र उनैलाई पुत्रीका पालन गरी सीता नाम दिएको बताइन्छ। जनककी छोरी भएकाले उनी जानकीका रूपमा पनि परिचित छिन्।

पछि अयोध्याका राजा दशरथका छोरा राजकुमार रामसँग विवाह भयो। ​पितृआज्ञा पालना गर्न राम वनवास जाँदा साथै सीताले रावणबाट हरण हुँदा पनि धर्म नत्यागेको कथा रामायणलगायत पुराणमा उल्लेख छ।

रावणलगायत राक्षसमाथि विजयी प्राप्त गरी अयोध्या फर्केपछि राजा रामलाई लोकनिन्दाले काम गर्न असहज नहोस् भनी सीताले रानीको पद त्याग गरेर वनवास गएको रामायणमा उल्लेख छ।

भूमिमा उत्पत्ति भएकी सीताले अन्त्यमा भूमिमै प्राण त्याग गरेको बताइन्छ।

सीता जयन्ती रामनवमीको एक महिनापछि मनाइन्छ। सीता नेपालकी राष्ट्रिय विभूति पनि मानिएकी छिन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार