गाजामा भइरहेको आक्रमणको विरोधमा काठमाडौंमा इजरायली दूतावास अगाडि प्रदर्शन (तस्वीरहरू)

काठमाडौं : इजरायलले गाजामा गरिरहेको प्यालेस्टिनी नागरिकको हत्याको विरोधमा काठमाडौंमा इजरायली दूतावास अगाडि प्रदर्शन गरिएको छ।

गाजामाथि भइरहेको आक्रमण रोक्न माग गर्दै शुक्रबार स्वास्थ्यकर्मीले प्रदर्शन गरेका हुन्। नेपाल, सामाजिक उत्तरदायित्वका निमित्त चिकित्सकहरू संस्थाको अगुवाइमा चिकित्सक, नर्स, जनस्वास्थ्यकर्मी र स्वास्थ्य क्षेत्रमा कार्यरत व्यक्तिले विरोध जनाएका छन्।

Dengue

संस्थाका तर्फबाट अध्यक्ष प्रा.डा. गणेशबहादुर गुरुङ सहितको टोलीले काठमाडौंस्थित इजरायली दूतावास मार्फत इजरायल सरकारलाई ज्ञापनपत्र पनि बुझाएको छ। ज्ञापनपत्रमा गाजामा भइरहेको आक्रमण रोक्न माग गरिएको छ।

इजरायलले प्यालेस्टाइनको गाजा र पश्चिमी ब्यांक क्षेत्रमा गरिरहेको आक्रमणबाट अहिलेसम्म ३१ हजार प्यालेस्टिनी नागरिकको ज्यान गएको छ। जसमा अधिकांश बालबालिका, महिला र ज्येष्ठ नागरिक छन्।

स्वास्थ्य संस्थामा गरिएको आक्रमणमा परी ६८५ स्वास्थ्यकर्मीको ज्यान गएको छ। हजारौं घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार