सर्वोत्तम सिमेन्टको आइपीओ आज बाँडफाँड हुँदै

कैलाली : सर्वोत्तम सिमेन्टको आइपीओ आज फागुन २५ गते शुक्रबार बाँडफाँड हुँदैछ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आइपीओ शुक्रबार बिहान १० बजे नक्साल काठमाडौंमा बाँडफाँड हुने भएको हो ।

सीडीएसका अनुसार यसमा अन्तिम दिन फागुन १६ गते साँझसम्ममा १० लाख १२ हजार ३८४ जनाले ५ करोड ३६ लाख ३३ हजार ९९० कित्ताका लागि आवेदन दिएका हुन्। जुन मागभन्दा १९.३२ गुणा बढी आवेदन हो ।

यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँड हुनेछ । यस अनुसार यो कम्पनीको शेयर ५५ हजार ५२१ जनाले पाउनेछन् । बाँकी ९ लाख ५९ हजार ६९० जनाले शेयर नपाउने भएका हुन् ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार