हङकङ जाने नेपाली टोलीको बिदाई

काठमाडौं : हङकङमा आयोजना हुने फ्रेन्डसिप कप तथा त्रिदेशीय टी-ट्वान्टी सिरिजमा सहभागीता जनाउने नेपाली टोलीको बिदाई भएको छ ।

नेपाल क्रिकेट संघ(क्यान)ले हङकङको राष्ट्रिय टोलीसँगको फ्रेन्डसिप कप तथा पपवा न्युगिनी, घरेलु टोली र नेपाल सहभागी रहने त्रिदेशीय टी-ट्वान्टी आई सिरिजमा सहभागी हुने नेपाली टोलीको बिदाई गरेको हो ।

Dengue

क्यानले यस सिरिजका लागि रोहितकुमार पौडेलको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको छ ।

क्यानले घोषणा गरेको टोलीमा दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, ललितनारायण राजवंशी, आशिफ शेख, कुशल मल्ल लगायतलाई आराम दिएको छ । आकाश चन्दले भने पहिलो पटक टी-ट्वान्टी आई टोलीमा मौका पाएका छन् । लोकेश बमले लामो समय पछि टोलीमा पुनरागमन गरेको छन् ।

सिरिजमा नेपालको पहिलो खेल फागुन २७ अर्थात मार्च १० मा घरेलु टोलीसँग रहेको छ । दोस्रो खेलमा पिएनजीसँग फागुन २९ अर्थात मार्च १२ मा खेल्नेछ ।

समूह चरणका शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । मार्च १३ अर्थात फागुन ३० मा सिरिजको फाइनल खेल हुनेछ । फाइनलमा स्थान बनाउँन नसकेको टोलीले तेस्रो स्थानको लागि हङकङ ए सँग खेल्नेछ । मार्च १३ अर्थात फागुन ३० मा तेस्रो स्थानको लागि खेल हुनेछ ।

त्यसअघि फागुन २६ मा नेपालले हङकङविरुद्ध नै फ्रेन्डसिप कप खेल्ने छ । नेपालले एसीसी प्रिमियर कप तथा विश्वकप तयारीका लागि सिरिजमा सहभागीता जनाउदै छ । नेपाल र पीएनजीले यस वर्ष अमेरिका र वेस्ट इण्डिजमा हुने विश्वकपमा सहभागीता जनाउदै छन् । हङकङले भने नेपालसँगै एसीसी प्रिमियर कप खेल्दैछ ।

नेपाली टोली

रोहितकुमार पौडेल(कप्तान), कुशल भुर्तेल, विनोद भन्डारी, गुलसन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, राशिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, अभिनास बोहोरा, लोकेश बम, आकाश चन्द ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार