नयाँ गठबन्धन भत्काउने दाउमा काँग्रेस !

धनगढी : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई फकाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निवासमै पुगेको मंगलबारको घटनालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

कांग्रेससँगको गठबन्धन तोडेर नयाँ गठबन्धन बनाएका प्रधानमन्त्री प्रचण्डले सरकारको स्वरूपलाई पूर्णता दिन नपाउदै नयाँ अड्कलबाजी शुरु भएको छ । 

Dengue

आज राजनीतिक रुपमा ओली नेपाल निवास जानुलाई अझ अर्थपूर्ण रुपमा हेरिएको छ । लामो समयको तिक्ततालाई बिर्सेर नेपाललाई फकाउन निवासमै पुग्नुले नयाँ गठबन्धन भत्काउन कांग्रेसले पहल शुरु गरेको विश्लेषण समेत गरिएको छ ।

कांग्रेसले रास्वपा, जसपा, राप्रपा र एकीकृत समाजवादीलाई साथ लिन सकेमा अहिलेको गठबन्धन भत्किन सक्ने विश्लेषण शुरु भएको छ । यस विश्लेषणलाई बल दिने घटनाक्रम मंगलबार भएका छन् ।

प्रधानमन्त्री प्रचण्ड र ओलीपछि नेता नेपाललाई भेट्न राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन कोटेश्वर पुगेका थिए । यसले राजनीतिक घटनाक्रमलाई थप तरंगित बनाएको छ । यसअघि राप्रपाले सरकार फेरबदलमा आफुहरु नलाग्ने स्पष्ट गरेपनि मंगलबार अध्यक्ष लिङदेनको सक्रियता बढेको देखिएको छ ।  नयाँ गठबन्धनमा राप्रपा सामेल छैन र माओवादी केन्द्रले राप्रपालाई बाहिर राख्ने निर्णय नै गरेको छ ।

अर्को तर्फ उपेन्द्र यादवसमेत नयाँ गठबन्धनमा सामेल भएपनि उनी अन्योलमा देखिएका छन् । नेपाली कांग्रेसको मंगलबार बसेको पदाधिकारी र पूर्व पदाधिकारी बैठकमा नयाँ गठबन्धन धेरै नटिक्ने र विल्कप तयार गर्न सक्रिय हुनुपर्ने नेताहरुले धारणा राखेका थिए । कांग्रेसले रास्वपा, राप्रपा, जसपा र एकीकृत समाजवादीलाई एक ठाउमा बनाएमा कुनै अनौठो नहुने कांग्रेसका एक नेताले बताएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार