यात्रुबाहक बस त्रिशुली नदीमा खस्यो ,मृत्यु हुनेको संख्या ६

काठमाडौं : काठमाडौं आउँदै गरेको यात्रुबाहक बस त्रिशुली नदीमा खस्दा मृत्यु हुनेको संख्या ६ पुगेको छ। दुर्घटनामा एक महिलासहित ६ जनाको मृत्यु भएको हो । मृतकको परिचय खुल्न सकेको छैन ।

दुर्घटनामा अन्य ३३ जना घाइते भएका छन् । बसका चालक समेत घाइते भएका छन् । घाइते सबैलाई ससस्त्र प्रहरी बलको टोलीले उद्दार गरी उपचारका लागि अस्पताल पठाएको छ ।

Dengue

कपिलबस्तुबाट काठमाडौं आउदै गरेको लु २ ख २१२१ नम्बरको बस आज बिहान ४ बजेतिर धादिङको गजुरी गाउँपालिकको घाटबेसीस्थित पृथ्वी राजमार्गबाट त्रिशुली नदीमा खसेको प्रहरीले जनाएको छ । बसमा करिब ५० जना यात्रु सवार रहेको अनुमान गरिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार