मिडफिल्डर प्रीति राईको घुँडाको अप्रेशन

धनगढी : वाफ महिला च्याम्पियनसिपको फाइनलमा चोटका कारण मैदान छोडेकी नेपाली राष्ट्रिय महिला टिमकी मिडफिल्डर प्रीति राईको घुँडाको अप्रेशन भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार प्रीतिको सोमबार ग्वार्कोस्थित बीएन्डबी अस्पतालमा डाक्टर अमित जोशी नेतृत्वको चिकित्सकको टोलीले शल्यक्रिया गरेको हो । अस्पतालले एक विज्ञप्ति जारी गर्दै प्रीतिको शल्यक्रिया सफल भएको र पूर्णरूपमा ठिक हुन विभिन्न कारणमा निर्भर रहने जनाएको छ ।

Dengue

शल्यक्रियापछि प्रीतिलाई खेलमा फर्किन करिब तीन महिना लाग्ने बताइएको छ । वाफ च्याम्पियनसिपको सेमिफाइनलको लेबनानलाई २-१ ले हराउँदा इन्जुरी समयमा प्रीतिले निर्णायक गोल गरेपछि नेपालले फाइनलसम्मको यात्रा तय गरेको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार