प्रचण्ड धोकेबाज रहेको देउवाको ठहर,सत्ताबाट बाहिरिएसँगै कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक मंगलबार बस्ने भएको छ। बैठक सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा अपराह्न ३ बजेका लागि बोलाइएको छ।

देउवाले सोमबार बिहानका लागि बोलाएको पदाधिकारी बैठक राजनीतिक ‘उथलपुथल’का कारण बस्न सकेको थिएन। प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ गठबन्धन बनाएपछि कांग्रेस सहितको गठबन्धन टुटेको थियो।

Dengue

संक्षिप्त प्रतिक्रिया दिँदै सभापति देउवाले प्रधानमन्त्री दाहालबाट धोका भएको बताएका थिए। सत्ताबाट बाहिरिएसँगै उनले कार्यसम्पादन समितिको बैठक बोलाएका हुन्।  

बैठकमा सत्ताबाट बाहिरिएपछिको विशेष परिस्थितिबारे छलफल हुने बताइएको छ। कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बैठकमा समसामयिक विषयमा छलफल हुने जानकारी दिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार