राति प्रचण्ड पुगे माधव नेपाललाई भेट्न कोटेश्वर

धनगढी : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न उनको निवास कोटेश्वर गएका छन्।

दुई नेताबीच केहीबेर अघिदेखि छलफल जारी रहेको एकीकृत समाजवादीका नेता जगन्नाथ खतिवडाले बताए।

Dengue

बालुवाटारमा नयाँ गठबन्धनको बैठक चलिरहँदा प्रधानमन्त्री प्रचण्ड नारायणकाजी श्रेष्ठलाई लिएर माधव नेपाललाई भेट्न गएका हुन्।

नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेस लगायतका दलसँगको गठबन्धन तोडेर एमाले समेतका दलसँग नयाँ गठबन्धन बनाएपछि एकीकृत समाजवादीलाई पनि त्यसमा सामेल गर्ने प्रयास गरेका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार