फरार भएकालाई धमाधम समात्दै कैलाली प्रहरी,एकै दिनमा ६ जना समातिए

धनगढीः कैलालीमा बिहीवार विभिन्न मुद्धामा दोषी ठहर भइ फरार रहेका ६ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा गोदावरी नगरपालिका–५ का २५ वर्षीय किरण बोहरा, धनगढी उपमहानगरपालिका–१६ का २५ वर्षीय सुनिल चौधरी र चुरे गाउँपालिका–१ का ५४ वर्षीय विरबहादुर घर्तीमगर रहेका छन्। बोहरालाई लागुऔषध मुद्धामा तीन दिन कैद, चौधरीलाई चोरी मुद्धामा ५ महिना आठ दिन कैद र मगरलाई चेक अनादर मुद्धामा २२५ रुपैँया जरिवान तोकेको थियो।

SHIKHAR COOL TECH

यस्तै चुरे गाउँपालिका–३ का ७० वर्षीय भिमबहादुर थापा, सोहि पालिकाको–६ का ४५ वर्षीय जिवनसिंह रावत र लम्कीचुहा नगरपालिका–२ का ४८ वर्षीय सुधराम डगौरा पक्राउ परेका छन्। पक्राउ परेका थापालाई ९४ हजार ५७०, रावतलाई ९४ हजार ५७० र डगौरालाई २३ दिन कैद र १२ हजार २५०रुपैँया जरिवान तोकिएको थियो।

तीनै जनालाई वनको मुद्धामा अदालतले दोषी ठहर गरेको थियो। पक्राउ परेका सबै जनालाई अदालत बुझाएको कैलाली प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार