नामिबियासँग त्रिदेशीय श्रृंखलाको पहिलो खेलमा कसरी चु्क्यो नेपाल !

धनगढी : बिर्सनलायक बलिङ गरेपछि नेपालले घरेलु मैदानमा नामिबियासँग पहिलो टी–२० आईमा २० रनको हारबाट त्रिदेशीय श्रृंखला शुरु गरेको छ ।

ट्वान्टी–२० विश्वकप तयारीमा रहेको नेपालले कीर्तिपुरमा मंगलवारबाट शुरु भएको टी–२० आई त्रिदेशीय श्रृंखलाको पहिलो खेलमा नै बिर्सनलायक बलिङ गरेपछि नतिजा सुम्पिएको हो । जान निकोल लफ्टी इटनले विश्व कीर्तिमानी शतकसँगै अलराउण्ड प्रदर्शन गरे । उनले ३३ बलमा नै शतक पूरा गर्दै नेपालकै कुशल मल्लको नाममा रहेको विश्व कीर्तिमान भंग गरेका हुन् । कुशलले यसअघि चीनको गत एशियन गेम्समा ३४ बलमा शतक पूरा गरेका थिए । जुन नेपालकै घरेलु मैदानमा इटनले तोडेका हुन् । उनकै शतक प्रेरणामा नामिबियाले त्रिवि क्रिकेट मैदानमा नेपालसामु दुई सय ७ रनको चुनौतीपूर्ण लक्ष्य प्रश्तुत गरेको थियो ।

Dengue

जबाफी ब्याटिङ गरेको नेपालले खराब शुरुवातको बाबजुद जितको आशा देखाए पनि सफल हुन सकेन । घरेलु टोली १८.५ ओभरमा एक सय ८६ रनमा नै अलआउट हुन पुग्यो । ओपनरद्वय कुशल भुर्तेल शुन्यमा र आसिफ सेख ६ रनमा नै पभेलियन फर्किएपछि नेपालको शुरुवात राम्रो हुन सकेन । त्यससँगै २.२ ओभरमा नेपाल २०÷२ अवस्थामा थियो । तर त्यस पछिका ब्याटरले आक्रामक इनिङ खेल्दै १९ औं ओभरसम्म जित आशा देखाए । यस क्रममा कप्तान रोहितकुमार पौडेलले ४२ रन, कुशल मल्लले ३२ रन, दीपेन्द्रसिंह ऐरीले ४८ रन र अनुभवी सोमपाल कामीले २६ रन जोड्दै जितको आशा दिलाए ।

अन्तिम १२ बल बाँकी छँदा नेपाललाई जितका लागि २४ रन आवश्यक हुँदा दुई विकेट हातमा थियो । तर तिब्र गतिका बलर रुबेन ट्रम्पलमेनले १९ औं ओभर नै नामिबियाको जित सुरक्षित गराए । चौथो बलमा उनले आक्रामक ब्याटिङ गरिरहेका दीपेन्द्रलाई विकेटकिपर जान ग्रिनबाट क्याच गराउँदै घरेलु टोलीलाई ठूलो झड्का दिए । लगत्तै अर्को बलमा अविनाश बोहोरा क्लिन बोल्ड भए र नेपालले हार सामना ग¥यो । ३२ बल खेलेका दीपेन्द्रसिंहले समान दुई चौका र छक्का प्रहार गरे । नवौं नम्बरमा ब्याटिङ गर्न आएका सोमपालले ११ बलमा तीन छक्का र एक चौका हिर्काए ।

उनले १७ औं ओभरमा टेङ्गेनी लुङ्गामेनीलाई दुई छक्का र एक चौका प्रहार गर्दै पाहुना टोलीमाथि दबाब बनाए । दीपेन्द्रले पनि १८औं ओभरमा ठूलो सट खेल्दै नेपाललाई जितनजिक पु¥याए पनि सफलता पाउन सकेनन् । नामिबियाको बलिङमा ट्रम्पलमेनले चार विकेट लिँदै नेपाललाई शुरुदेखि नै दबाब बनाए । लोफ्टी इटनले दुई विकेट लिँदै अलराउन्ड प्रदर्शन गरे । बर्नान्ड स्कल्च र जान फ्रिलिन्कले थप दुई विकेट निकाल्दै सात बल अगावै जित सुरक्षित गराए । त्यसअघि टस जितेर ब्याटिङ गरेको नामिबियाले मध्यम सुरुआतका बाबजुद मात्र चार विकेट गुमाएर दुई सय ६ रनको विशाल योगफल खडा ग¥यो ।

११ औं ओभरमा नामिबिया ६६ मा ३ को मध्यम अवस्थामा थियो । तर त्यसपछि नेपाली बलरले लय गुमाउँदा लफ्टी इटन र मलान क्रुगर पूर्ण रूपमा हाबी भए । इटनले विश्व कीर्तिमानी शतक बनाउँदा मलान ५९ रनमा नटआउट रहे । अविनाश बोहोराले २०औं ओभरमा इटनलाई १०१ रनमा पभेलियन फर्काएका हुन् । इटनले ३६ बलमा ११ चौका र ८ छक्का हिर्काए । मलानको इनिङमा ६ चौका र दुई छक्का रह्यो । नेपालको बलिङमा सबै बलर महँगा सावित भए । कप्तान रोहितले दुई विकेट लिँदा करण केसी र अविनाशको नाममा समान एक विकेट रह्यो । आज नेपालले श्रृंखलाको दोस्रो खेल नेदरल्याण्ड्ससँग खेल्नेछ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार