वाफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल लेवनानको सामना गर्दै

 धनगढी : पश्चिम एसियाली फुटबल फेडेरेसन (वाफ) च्याम्पियनसिपको सेमिफाइनलमा मंगलबार नेपालले लेवनानको सामना गर्दैछ। खेल  साउदी अरेबियाको जेहादस्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा साँझ १०:४५ मा सुरु हुनेछ।

समूह बीमा रहेको नेपालले इराकलाई ५-०, सिरियालाई ४-१ र प्यालेस्टाइनलाई ३-० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो। लेवनान तुलनात्मक रुपमा बलियो टोलीको रुपमा लिइएको छ।

Dengue

आज पहिलो सेमिफाइनल खेल भने जोर्डन र प्यालेस्टाइनबीच हुँदैछ। यो खेल नेपाली समय अनुसार साँझ पौने ८ बजे हुनेछ। जोर्डन समूह ‘ए’ मा तीनै खेलमा विजयी भएर समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो भने प्यालेस्टाइन समूह ‘बी’ मा ३ मध्ये २ जित र एक हारसहित उपविजेता हुँदै सेमिफाइनलमा पुगेको हो।

यस प्रतियोगितामा नेपालकी सावित्रा भण्डारी साम्बाले ८ गोल गर्दै सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा रहेकी छिन्। प्रतियोगिताको फाइनल खेल आगामी बिहीबार हुनेछ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार