टी–२० सिरिज : नेपाल नामिबियासँग भिड्दै

धनगढी : आईसीसी टी–२० विश्वकपको तयारीमा रहेको नेपालले नेदरल्याण्ड्स सम्मिलित त्रिकोणात्मक सिरिजको पहिलो खेलमा आज मंगलबार नामिबियासँग खेल्दैछ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान साढे ११ बजे सुरु हुनेछ। 

Seti Hospital

यसअघि आईसिसी विश्वकप लिग २ अन्तर्गत घरेलु मैदानमा भएको ओडीआई सिरिजको दुई खेलमा नै नेपाल नामिबियासँग पराजित भएको थियो।
 

सिरिजको दोस्रो खेलमा नेपालले भोलि बुधबार नेदरल्याण्डस्सँग खेल्नेछ। 

सिरिजको पहिलो खेलमा नेपालले फागुन १५ गते नामिबियासँग खेल्नेछ। १६ गते नेपालले नेदरल्याण्डस्सँग खेल्नेछ। १७ गते नेदरल्याण्डस् र नामिबिया भिड्नेछन्। 

१८ गते नेपालले नामिबियासँग दोस्रो खेल खेल्नेछ। भने १९ गते आफ्नो अन्तिम खेलमा नेपालले नेदरलल्याण्डस्सँग खेल्नेछ। सिरिजको अन्तिम खेलमा फागुन २० गते नेदरल्यान्ड्स र नामिबिया खेल्नेछन्।

शीर्ष २ मा रहने टोलीले फाइनल खेल्नेछन्। फाइनल खेल २२ गते हुने तालिका छ। 

टी–२० खेल्ने टोली
रोहित पौडेल (कप्तान), आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुलशन झा, सोमपाल कामी, प्रतिश जीसी, सन्दीप जोरा, विनोद भण्डारी, विवेक यादव, अनिल साह, रासिद खान, सागर ढकाल, आरिफ शेख र अविनाश बोहोरा।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार