हजार सपनाबीच अस्ताए भक्तराज

धनगढी :  नेपाली गीतसङ्गीत जगतका चर्चित व्यक्तित्व भक्तराज आचार्यको ८१ वर्षको उमेरमा निधन भएको छ ।

श्वासप्रश्वासमा समस्या भएपछि उपचारको लागि मेडिसीटी अस्पताल पुर्याएलगतै चिकित्सकले मृत घोषणा गरेका थिए ।भजन शिरोमणि आचार्य लामो समययता बिरामी थिए । उनलाई भजन शिरोमणिको उपनामले पनि चिनिन्छ ।उनी विसं १९९९ साल असोज १६ मा जन्मिएका थिए । आचार्य ३० वर्षदेखि दूध मात्रै खाएर बाँचिरहेका थिए ।

नेपाली सुगम सङ्गीतमा उनको विशिष्ट स्थान छ । उनी स्वरसम्राट नारायणगोपालका समकालीन गायक हुन् ।

आचार्यका, जहाँ छन् बुद्धका आँखा, मुटु जलिरहेछ, जति चोट दिन्छौ,  हजार सपनाहरूको माया लायर आउँछ, माया मेरी साँझ बिहान, हजार आँखा हेर्ने लगायत गीत लोकप्रिय छन् । आचार्यले झन्डै ४०० गीतमा स्वर तथा सङ्गीत दिएका छन् ।

उनका छोराहरू सत्य र स्वरूप पनि संगीत कर्ममा सक्रिय छन् ।

आचार्यको पार्थिव शरीरलाई मंगलबार बिहान ९ बजे सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने भएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार