बच्चा चोरी घटना: मनकुमारीविरुद्ध अपहरण कसुरमा मुद्दा दर्ता, १० वर्षसम्म जेलमा राख्न माग

कैलाली : थापाथलीस्थित प्रसूति तथा स्त्रीरोग अस्पतालबाट बच्चा चोरेको आरोपमा पक्राउ गरिएकी महिलाविरुद्ध प्रहरीले अपहरण तथा शरीर बन्धक मुद्दा चलाएको छ ।

दैलेखको नौमुले गाउँपालिका–१ घर भएर काँडाघारी बस्ने मनकुमारी सिंहविरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दा चलाउने निर्णय गरिएको काठमाडौँका एसएसपी भूपेन्द्र खत्रीले बताए ।

dashain shuvakamana
Discovery School

मनकुमारीविरुद्ध प्रहरीले ७ वर्षदेखी १० वर्षसम्म कैद सजाय हुने व्यबस्था रहेको मुलुकी अपराध (संहिता) ऐन, २०७४ अनुसार अपहरण वा शरीर बन्धक सम्बन्धी कसूरमा मुद्दा चलाउन सरकारी वकिल कार्यालयमा अभियोगपत्र दर्ता गरेको छ ।

प्रहरीले उनलाई शुक्रबार राति ११ बजे काँडाघारीस्थित डेराबाट पक्राउ गरेको थियो । त्यही दिन बिहान साढे ११ बजे मनकुमारीले बच्चा चोरेकी थिइन् । काभ्रेको चौरीदेउराली गाउँपालिका–३ घर भई कपन बस्ने २२ वर्षीया सबिना श्रेष्ठको २६ दिने छोरी चोरेर लगेकी थिइन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार