क्रिकेट विश्वकप लिग २ : घरेलु मैदानमै नेपालको तेस्रो पटक हार

काठमाडौं- आईसीसी क्रिकेट वर्ल्डकप लिग टूमा घरेलु टोली नेपाल नेदरल्याण्ड्ससँग ८ विकेटले पराजित भएको छ। १७३ रनको लक्ष्य नेदरल्यान्ड्सले ३७.५ ओभरमा पूरा गरेको हो।

Dengue

नेदरल्याण्ड्सको जितका लागि विक्रमजित सिंहले ५८ र अर्को ब्याटर सिब्रान्ड एन्जलब्रेचले ४६ रनको योगदान दिए। दुई जना ओपनर ब्याटर सस्तैमा गुमाए पनि यी दुई जना चम्किँदा खेल नेदरल्यान्ड्सको पक्षमा गएको छ।

घरेलु मैदानमै भएको लिग २ मा नेपालको यो तेस्रो हार हो। यसअघि नेपाल नामिबियासागको दुवै खेलमा पराजित भएको थियो ।

त्रिवि मैदान कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४९.३ ओभर खेल्दै १७२ रनको योगफल खडा गरेको थियो। नेपालका लागि ओपनर कुशल भुर्तेलले ६६ रन जोडेका थिए। उनले उनले ९३ बल खेल्दै ८ चौका प्रहार गरे।

यस्तै यस्तै करण केसीले २६, आरिफ शेखले २२, आसिफ शेखले १७ तथा कप्तान रोहित पौडेलले १६ रन जोडेका थिए। ६ खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपाललाई अलआउट गर्न डचका लागि भिभियन किंगमा र आर्यन दत्तले ३-३ तथा बास डी लिडले २ विकेट लिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार