ढाल्न, फाल्न वा पाल्न सक्ने तागत जनतासँग मात्रै छ : रवि लामिछाने

कैलाली : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनता नै सर्वोपरि भएको बताएका छन् । शनिबार बेलुका सामाजिक सञ्जालमार्फत उनले यस्तो सन्देश दिएका हुन् ।

आफ्नो विरोध गर्ने व्यक्तिहरूलक्षित उनले फेसबुकमा एउटा स्ट्याटस पोस्ट गरेका छन् । ढाल्न, पाल्न सक्ने तागत जनतासँग मात्र भएको उनले त्यसमा उल्लेख गरेका छन् ।

Dengue

कपिलवस्तु भन्दै पोस्ट गरिएको राजनीतिक सभासहितको तस्बिरसँगै उनले जनताबाहेक अरूले केही गर्न नसक्ने जनाएका छन् ।

“ढाल्न, फाल्न वा पाल्न सक्ने तागत जनतासँग मात्रै छ । जनताबाहेकका  अरू ‘जो कसैले’ रहर गरेर हुन्न… सक्दैनन्…,” उनले फेसबुकमा लेखेका छन्, “धन्यवाद, कपिलवस्तु ।”

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार