राप्रपाका लुम्बिनी प्रदेश सांसद जानकीप्रसाद यादव निलम्बित

कपिलवस्तु — राप्रपाबाट निर्वाचित लुम्बिनी प्रदेशसभा सदस्य जानकीप्रसाद यादव निलम्बित भएका छन् । कपिलवस्तु क्षेत्र नं. ३ ‘ख’ बाट निर्वाचित उनीविरूद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि प्रदेश सभा सचिवालयले निलम्बन गरेको हो ।

लुम्बिनी प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले सूचना जारी गर्दै अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको अवस्थामा मुद्दाको किनारा नलागेसम्मका लागि स्वतः निलम्बन हुने कानूनी व्यवस्था रहेको उल्लेख गर्दै यादवलाई प्रदेशसभा सदस्यबाट निलम्बन गरिएको भनेका छन् ।

Dengue

अख्तियारले उनीसहित डिभिजन वन कार्यालयका जिल्ला वन अधिकृत कृष्णदत्त भट्ट लगायत १९ जनाविरुद्ध विशेष आदलतमा फागुन ८ मा मुद्दा दायर गरेको हो । सो मुद्दाको अन्तिम किनारा नलागेसम्म स्वतः निलम्बन हुने कानूनी व्यवस्था रहेकाले कार्यान्वयन गराउन भनी अख्तियारले गत मंसिर १५ गते निर्णय भएको व्यहोरा उल्लेख गरी गत फागुन ८ गते पत्राचार गरेको थियो ।

त्यसैअनुसार निलम्बन भएको सूचना प्रकाशन गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ। सांसद यादव रुख कटानको ठेक्का स्वीकृत गर्दा साझेदारी वन ब्यवस्थापन समिति संयोजक थिए ।

आव ०७४/७५ र ०७५/७६ मा जिल्लाको बुद्धभूमि नगरपालिकामा रहेको गौतम बुद्ध सामुदायिक वन उपभोक्ता समितिको काठ तथा दाउराको राजस्व हिनामिना अभियोगमा अख्तियार विशेष अदालतमा मुद्दा दायर गरेको थियो । २९ लाख १२ हजार १ सय ९३ रुपैयाँ बिगो कायम गरेर मुद्दा दायर भएको छ ।

६ हजार ७ सय ६१ क्युफिट काठ र ४.५४ चट्टा दाउरा बापत आउने राजस्व नै दाखिला नगरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको अभियोग अख्तियारले लगाएको छ ।

आरोपी यादब एमाले नेता लीला गिरी लुम्बिनीको मुख्यमन्त्री हुदा यादव उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रीसमेत बनेका थिए । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअघि यादव जसपाबाट स्थानीय तह निर्वाचनमा विजयनगर गाउपालिका अध्यक्षका उम्मेदवार थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार