नेपाल क्रिकेट संघले भुकम्प पिडितलाई दियो २० लाख

कैलाली : नेपाल क्रिकेट संघ (क्यान)ले भुकम्प पिडितलाई बिस लाख रकम सहयोग गरेको छ ।

नेपाल क्रिकेट संघले गत कार्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भुकम्पले पुर्याएको भुकम्प पिडितको क्षतिको सहयोगार्थ आईसिसि टी २० विश्वकप २०२४ को एसिया छनोट अन्तर्गत नेपाल र ओमान बिच फाईनल खेलको टिकट बिक्रिबाट प्राप्त ५०% रकम बाचा गरे अनुरुप आज प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा सहयोग गरेको छ।

सम्पुर्ण घाईते भुकम्प पिडितको स्वास्थ्य लाभको कामना सहित यस भुकम्पमा परी ज्यान गुमाउने नेपालीहरू प्रति श्रद्धान्जली अर्पण गर्दै शोकाकुल परिवार प्रति हार्दिक समवेदना प्रकट गर्दछौं भन्दै प्रधानमन्त्री पुष्प कलम दाहाललाई भेटी अध्यक्ष चतुर बहादुर चन्द र सचिव पारस खड्काले २० लाखको चेक हस्तान्तरण गरेका हुन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार