महिना लामो स्वस्थानी व्रत आज समापन गरिँदै

काठमाण्डौ – एक महिना लामो स्वस्थानी व्रत आज समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि घर–घरमा शुरु गरेको एक महिने स्वस्थानी व्रत आज माघ शुक्ल पूर्णिमाका दिन विधिपूर्वक समापन गर्न लागिएको हो । स्वस्थानी व्रत कथामा स्कन्द पुराण अन्तर्गतको केदार खण्डको माघ महात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई भन्ने र सुन्ने गरिन्छ ।

विधिपूर्वक एक महिने व्रत गरेकाले माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता तथा विभिन्न थरिका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र र भेटी चढाइ व्रतको कामना पूर्ण होस् भनी अर्घ्य दिने धार्मिक परम्परा छ ।

Dengue

काठमाण्डौको साँखुको शाली नदीमा एक महिना लामो माधव नारायण व्रत पनि आज समापन हुँदैछ । आज अश्वमेघ यज्ञ गरेर साँखुमा चलिरहेको एक महिना लामो स्वस्थानी व्रत सकाइने संस्कृतिकर्मी प्रकाशमान सक्वले बताउनु भयो ।

अश्वमेघ यज्ञको लागि चाँदीको घोडाको प्रतीक राखेर यज्ञ विधि गर्ने चलन छ । त्यस्तै पशुपति, गौरीघाट, किराँतेश्वर, भक्तपुरको हनुमानघाटमा एक महिनासम्म चलेको मेला समापन गर्नको लागि अहिले भक्तजनको घुँइचो लागेको छ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार