नेप्से घट्ने क्रम जारी, कारोबार रकम झनै खुम्चँदै 

काठमाडौं : साताको कारोबारको चौथो दिन पनि नेप्सेमा गिरावट कायमै रहेको छ । बुधबार नेप्से परिसूचक ६ दशमलव ४६ अंकले घटेर २०२६ दशमलव ५९ विन्दुमा पुगेको छ ।

आज ३१३ कम्पनीका ५८ हजार ३ सय ६२ पटकको कारोबारमा ६३ लाख ४१ हजार १ सय ७४ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम भने २ अर्ब २४ करोड १९ लाख ६१ हजार ७ सय ९९ रुपैयाँ रहेको छ ।

Dengue

त्यस्तै, आज क वर्गको कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव २४ अंकले घटेर ३६३ दशमलव ०४ को विन्दुमा पुगेको छ ।

बुधबार सबैभन्दा बढी कारोबार हाइड्रोपावर कम्पनीहरूको भएको छ जसमा ३१ लाख ७८ हजार २ सय ८५ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ३१ करोड ५२ लाख ९७ हजार ६ सय ५९ रुपैयाँको कारोबार भएको छ ।

भने, ३ हजार ७ सय ६२ कित्ता सेयर खरिद बिक्री गरेर ११ लाख ६५ हजार ७ सय ४१ रुपैयाँको कारोबार रकमसहित आज सबैभन्दा कम कारोबार गर्ने क्षेत्र कर्पोरेट डिभेन्चर रहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार