नेपालले आज नामिबियाको सामना गर्दै,के आज पहिलो हारको बदला लिन सक्ला ?

कैलाली : आईसीसी विश्वकप लिग–२ क्रिकेटअन्तर्गत नेपालले आज नामिबियाको सामना गर्दैछ । खेल नेपाली समयअनुसार साढे ९ बजे त्रिभुवन विश्वविद्यालयको मैदानमा सुरु हुनेछ ।

नेपाल पहिलो खेलमा नामिबियासँग ४ विकेटले पराजित भएको थियो । तर, दोस्रो खेलमा उत्कृष्ट कम्ब्याक गर्दै टोलीले बलियो नेदरल्यान्ड्समाथि ९ विकेटको शानदार जीत हासिल गर्‍यो । आज नामिबियासँग बदला लिने नेपालसँग अवसर हुनेछ ।

Dengue

त्रिकोणात्मक शृङ्खलामा तीनै टोलीले २–२ खेल खेलेका छन् । हालसम्म सबै टोलीले समान एक खेलमा जीत र एक खेलमा हार बेहोरेका छन् । नेपाल नेट रनरेटको आधारमा शीर्ष स्थानमा रहेको छ । त्यसपछि क्रमशः नामिबिया र नेदरल्यान्ड्स छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार