सरकारलाई रविको आग्रहः ‘अरु फाइल नखोलियोस्’

धनगढी : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं प्रतिनिधि सभा सदस्य रवि लामिछानेले सरकारले खोलेका विभिन्न फाइलमाथि प्रश्न उठाएका छन् । आज (आइतबार) प्रतिनिधि सभालाई सम्बोधन गर्दै उनले ललिता निवास, भुटानी शरणार्थी प्रकरण, सुनकाण्ड लगायतका विषयको छानविनको निश्पक्षतामा प्रश्न उठाएका हुन् ।

साथै, उनले सरकारले अब कुनै फाइल नखोलोस् भनेर आग्रहसमेत गरे । यदि सरकारले कुनै फाइल खोल्ने भए रास्वपा र रास्वपाको सांसदबाट सुरु गर्न आग्रह गरे । सरकारले मुद्दा कमजोर बनाए उल्टै न्यायलयलाई बदनाम बनाउने काम गरेको उनले बताए ।

Dengue

‘भ्रष्टाचारलगायतका सबै फाइल रास्वपाबाट सुरु गरोस् । अन्य दलको नखोलोस् । फाइल खोल्ने के रहेछ भन्ने कुरा ललिता निवासमा देख्यौं, सुनकाण्ड, भुटानी शरणार्थीमा देख्यौं । आफ्ना मान्छेको अनुहार आउने वित्तिकै बन्द गर्ने र मुद्दा कमजोर बनाएर अदालतलाई फैसला गर्नका लागि गाह्रो बनाइदिने परिस्थिति आउने, अनि न्यायलय बदनाम हुने ।’ उनले भने, ‘यही हो फाइल खोल्ने तरिका ? हाम्रो सबै फाइल अबिलम्ब खोलियोस् । तर, अन्य फाइल नखोलियोस् । सरकारको नियतमा ठूलो शंका भयो । अन्त्यमा दुई होनाहार युवाले ज्यान गुमाएको यो घटनालाई रास्वपा सामान्य रुपमा लिन चाहँदैन ।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार