स्वास्थ्यका लागि निकै फाइदाजनक सुन्तलाको बोक्राको चिया

एजेन्सी : सुन्तला शरीरका लागि एकदमै फाइदाजनक हुन्छ । यसको बोक्रा भने सुन्दरता बढाउन उपयोगी हुन्छ ।

यसलाईं तपाईं धेरै प्रकारले प्रयोग गर्न सक्नुहुन्छ । सुन्तलाको बोक्राको चिया बनाएर पनि पिउन सकिन्छ जसले विभिन्न रोगबाट सुरक्षा दिन्छ ।

Dengue

सुन्तलाका बोक्रामा धेरै प्रकारका पोषक तत्व पाइन्छन् । यसमा भिटामिन सी, भिटामिन ए, भिटामिन बी६ र फाइबर जस्ता गुण पाइन्छन् ।

सुन्तलाको बोक्राको चिया बनाउन सबैभन्दा पहिला एक गिलास पानीलाई तताउनुहोस् र यसमा दुईदेखि तीन वटा सुन्तलाका बोक्राका टुक्रा राख्नुहोस् र उमाल्नुहोस् । यो केहीबेर उम्लियो भने छानेर पिउनुहोस् ।

सुन्तलाको चियामा तपाईं स्वादका लागि मह मिसाएर पनि पिउन सक्नुहुन्छ । दैनिक यो चिया पिउँदा छाला तथा शरीरका लागि एकदमै फाइदाजनक हुन्छ ।

सुन्तलाको बोक्राको चिया विशेषगरी छालाका लागि राम्रो मानिन्छ । यसमा पाइन्टे एन्टीअक्सीडेन्ट तथा भिटामिनले छालालाई चम्किलो बनाउन सहयोग गर्छ ।

यदि तपाईंलाई डन्डीफोरको समस्या छ भने पनि दैनिक सुन्तलाको बोक्राको चिया बनाएर पिउनुहोस् । यसले समस्या कम गर्दछ ।

सुन्तलाको बोक्रामा पाइने गुणले रक्तचापलाई पनि नियन्त्रणमा राख्दछ । यो मुटु तथा यससम्बन्धी रोगका लागि पनि राम्रो मानिन्छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार