कपिलवस्तु बस दुर्घटनाः मृतकमध्ये ६ जना जनाको परिचय खुल्यो (अपडेट)

धनगढी : १० जनाको ज्यान जानेगरी कपिलवस्तुको सुरही पुल नजिक भएको बस दुर्घटनाका मृतकमध्ये ६ जनाको पहिचान खुलेको छ।

कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर १ सुरही पुल नजिकै बुधबार राति साढे १२ बजेतिर बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको थियो।

dashain shuvakamana
Discovery School

मृत्यक मध्ये रौतहट औराही ३ का ४६ वर्षीय नारयाण बहादुर भण्डारी ,सल्यान सौनिक हल ३ बस्ने कालिजंग गण गोरुसिगे नेपाल आर्मीमा कार्यरत अर्जुन कुमार योगि र भारत उत्तरप्रदेश मुरदाबादका सकिल मुसलमानको सनाखत भएको छ।

त्यस्तै भिमदत्त नगरपालिका १ कन्चनपुरका २७ वर्षीय राहुलराम कामी,भिमदत्त ४ कन्चनपुरका २४ वर्षीय उमेश भण्डारी,भिमदत्त नगरपालिका १६ कन्चनपुर वर्षीय सन्जु थापाको पनि पहिचान खुलेको कपिलवस्तुका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर वलीले जानकारी दिए।

महेन्द्रनगरबाट काठमाडौ जाँदै गरेको सुनौलो महाकाली यातायातको सु–प–प्र–०२–००१ ख ००९८ नम्बरको बस  सडकबाट झन्डै दुईसय मिटर तल खोलामा खसेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख एसपी नवरत्न पौडेलले जानकारी दिए।

 बाँकी ४ जना मृतकको सनाखत हुन बाँकी छ ।

दुर्घटनामा ३० जना घाइते भएका छन्। त्यसमध्ये ९ जनालाई उपचारका लागि राति नै बुटवल रिफर गरिएको थियो।

पाँच जनाको स्थानीय आधारभुत अस्पतालमा उपचार भइरहेको छ भने ६ जना सामान्य उपचारपछि घर फर्किएका प्रहरी उपरीक्षक पौडेलले जानकारी दिए।

अन्य १० जना घाइतेको कपिलवस्तुकै सन्जिवनी अस्पतालमा उपचार भइरहेको र उनीहरुमध्ये पनि अवस्था गम्भिर भएकाहरुलाई अन्यत्र रिफर गर्ने प्रक्रियामा रहेको   पौडेलले बताए।

मध्यरातमा दुर्घटना भएको र प्रहरीलाई राती साढे १ बजेमात्र जानकारी भएकोले घाइते र मृतक ४० जनाको उद्धार गरी अस्पताल पुर्‍याउन नै धेरै समय लागेको प्रहरी उपरीक्षक पौडेलले बताए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार