पत्नी र नातिनीसहित देवघाट पुगे पूर्वराजा (तस्बिरमा हेर्नुहोस्)

धनगढी : पूर्वराजा ज्ञानेन्द्र शाह पत्नी र नातिनीहरुसहित केही दिनयता चितवनमा छन् । उनी चितवनस्थित सोल्टी होटलमा बस्दै आएका छन् भने त्यहाँबाट राजवादीसँग भेटघाटका साथै विभिन्न मन्दिर र धार्मिकस्थलहरुको भ्रमणमा व्यस्त छन् । 

सोही क्रममा उनी बुधबार पत्नी कोमल र दुई नातिनीसहित देवघाट पुगेका छन् । त्यहाँ उनले स्नान गर्नुका साथै राजवादीहरुसँग भेटघाट समेत गरेका छन् । उनलाई देवघाटमा राप्रपाका उपाध्यक्ष विक्रम पाण्डेले स्वागत गरेको राप्रपा चितवनका युवा नेता सुलोभ सिग्देलले जानकारी दिए । 

Dengue

राजधानीमा दुर्गा प्रसाईंको कार्यक्रममा सहभागी हुन निम्ता भएपनि उनी चितवन हान्निएका थिए । उनी अझै केही दिन चितवनमै रहने बताइएको छ ।

तस्बिरमा हेर्नुहोस्

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार