रास्वपाको लुम्बिनीमा दबाब अभियान,र्‍यालीमा रवि लामिछाने सहित अन्य नेताहरुको उपस्थिति

  लुम्बिनी : प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राष्ट्रव्यापी दबाब अभियानअन्तर्गत बुधबार लुम्बिनीमा प्रदर्शन गरेको छ।

मिसन- ८० अन्तर्गत विभिन्न २१ वटा अलपत्र आयोजनाहरु निर्माण तत्काल थाल्न, पर्याप्त बजेट विनियोजन गर्न र समयमा नै काम सम्पन्न गर्न दबाब दिने उद्देश्यले अभियान थालेको रास्वपाको भनाइ छ । बुधबार रास्वपाले रुपन्देहीमा निर्माणाधीन लुम्बिनी विकास गुरुयोजना निर्माणका लागि दबाब र्‍याली निकाल्यो । र्‍यालीमा सभापति रवि लामिछाने सहितका नेताहरुको उपस्थिति थियो ।

Dengue

गुरु योजनाका लागि पहुँच मार्ग निर्माण गर्न २०७७ सालमा ३ अर्ब रुपैयाँको ठेक्का लागे पनि बजेट अभावमा काम सम्पन्न हुन नसकेको बुझाइ रास्वपाको छ । सो सडक बनाउन हालसम्म साढे २ अर्ब रुपैयाँ खर्च भइसकेको छ । साडे ७ अर्बको स्रोत सुनिश्चित गर्दै २०७७ सालमा विकास गुरुयोजनाको काम अघि बढे पनि सरकारले वास्ता नगरेको रास्वपाको आरोप छ ।

रास्वपाले यसअघि मेलम्ची खानेपानी आयोजनाको काम तत्काल सम्पन्न गर्दै काठमाडौंवासीलाई नियमित खानेपानी उपलब्ध गराउन सिन्धुपाल्चोक नै पुगेर दबाब र्‍याली निकालेको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार