नेपाल प्रहरीका ७८ एसपीको सरुवा (नामवलीसहित)

धनगढी : प्रहरी प्रधान कार्यालयले एकैपटक २५ जिल्लामा नेपाल प्रहरीका प्रमुख हेरफेर गरेको छ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले मंगलबार बेलुका ७८ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेका हुन् । जसमध्ये २५ जिल्लाका इन्चार्ज फेरिएका हुन् ।

तनहुँमा अपिलराज बोहरा, बागलुङमा ऋषिराम कंडेल, पर्सामा कुमोध ढुंगेल, धादिङमा गौतम कुमार केसी र मोरङमा नवराज कार्कीलाई सरुवा गरिएको छ । यस्तै कञ्चनपुरमा चक्रराज जोशी, सर्लाहीमा दयानिधी ज्ञवाली, पाल्पा नरेन्द्र चन्द, कैलाली पदमबहादुर बिष्ट, बर्दिया प्रविण धिताल, गोरखा बासुदेव पाठक, काभ्रेपलान्चोकमा बसुन्धरा खड्का र सिन्धुलीमा विनोद शर्मा सरुवा धएका छन् ।

Dengue

यसैगरी धनकुटामा बिमल बस्नेत, डोटी बिष्णुहरी कोइराला, चितवन भावेष रिमाल, धनुषा मित्रबन्धु शर्मा, झापा मिलन केसी, रुपन्देही रञ्जित सिंह राठौर, गुल्मी राजन भुजेल र सुर्खेतमा रुपेश खड्कालाई जिम्मेवारी दिइएको छ । स्याङ्जामा शालिग्राम शर्मा, महोत्तरी श्यामकुमार राई, सिरहामा सन्तोष आचार्य र बाँकेमा सुवास चन्द्र बोहरा सरुवा भएका छन् ।

जिल्ला इन्चार्जको जिम्मेवारी पाएको एक वर्ष पूरा भएका एसपीलाई सरुवा गरिएको हो । यसअघि जिल्ला इन्चार्ज रहेकाहरुलाई अन्य कार्यालयमा खटाइएको छ ।

(नामवली)

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार