सशस्त्रका आइजिपीको पदावधि घटाउने प्रस्ताव

धनगढी : सशस्त्र प्रहरीका महानिरीक्षक (आइजिपी)को पदावधि घटाउने प्रस्ताव गरिएको छ।

गृह मन्त्रालयले सशस्त्र प्रहरी बलको ऐन संशोधन प्रक्रिया अगाडि बढाएसँगै आइजिपीको पदावधि बढाउने प्रस्ताव गरेको हो।

Dengue

माघ तेस्रो साता बसेको मन्त्रिपरिषद् बैठकले सैद्धान्तिक सहमति दिएसँगै सशस्त्र प्रहरीका ऐन संशोधन प्रकृया अगाडि बढेको गृह मन्त्रालयले जनाएको छ।

सशस्त्र प्रहरी बलले संशोधन प्रक्रियामा मस्यौदाबारे छलफल भइरहेको र आइजिपी राजु अर्यालले आइजिपीको पदावधि तीन वर्ष राख्ने प्रस्ताव गरेको बताइएको छ।

सशस्त्रका तल्लो तहका कर्मचारीको वृत्ति विकासलाई ध्यानमा राखेर सशस्त्र प्रहरीले यस्तो प्रस्ताव गरेको जनाइएको छ। खासगरी प्रहरी निरीक्षकमा भर्ना भएका अधिकृतहरू १८ वर्षसम्म एउटै पदमा रहनुपर्ने बाध्यता हटाउन उच्च पदको पदावधि घटाउने निर्णय गर्दै मन्त्रालयमा प्रस्ताव गरिएको सशस्त्र प्रहरी बल आइजिपीको सचिवालय स्रोतले जनाएको छ।

उमेर तथा सेवाहदका आधारमा चार वर्ष नै नेतृत्व गर्न पाउने भए पनि अर्यालले आफ्नै पदावधि घटाउने गरी सो प्रस्ताव गृहमा पठाएका हुन्।

गृह मन्त्रालयले यस्तो प्रस्तावलाई कानुन मन्त्रालयमा र कानुनको सहमति आएपछि अर्थमा पठाउनेछ। अर्थले स्वीकृत गरे लोकसेवा आयोगको सहमति लिएर संसद्मा पठाउन मन्त्रिपरिषदमा पेस हुनेछ। त्यसपछि मात्रै संसदमा गई दफावार छलफलपछि ऐन जारी हुनेछ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार