धनगढीको एक गोठमा आगलागी

धनगढी धनगढीको एक गोठमा आगलागी भएको छ। धनगढी उपमहानगरपालिका-१५ उर्मा उत्तर टोलका पहिलाद रानाको गोठमा आईतवार राति आगलागी भएको हो।

आगलागी हुँदा गोठ भित्र रहेका पराल, काठपात लगायतका सामान गरि २५ हजार मूल्य बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ। उक्त आगलागीबाट मानविय तथा चौपाया क्षति नभएको प्रह्रीले बताएको छ। उक्त आगलागी स्थानिय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको  प्रहरीले जनाएको छ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार