लगातार २ खेल जित्दा क्यानडाविरुद्धको सिरिज नेपाललाई

धनगढी- लगातार दुई खेलमा क्यानडालाई पराजित गर्दै नेपालले एकदिवसीय सिरिज जितेको छ ।

२८६ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याउँदै नेपालले एक खेल अगावै सिरिज जितेको हो । त्रिवि क्रिकेट मैदानमा ​शनिवार क्यानडाले दिएको लक्ष्य पछ्याउने क्रममा नेपालले ६ विकेट गुमाएर २९ बल बाँकी छँदै खेल जितेको हो ।

Dengue

नेपाललाई सिरिज जिताउने क्रममा कप्तान रोहित पौडेलले ८७, देव खनालले ७६ र अनिल साहले ५० रनको अर्धशतकीय पारी खेले । भीम सार्कीले २३ र पवन शर्राफले १४ रन बनाए । 

पहिलो खेल ७ रनले जितेको नेपालले दोस्रो खेल ४ विकेटले जितेको हो ।टस जितेर पहिला ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ८५ रनको योगफल बनाएको थियो ।

क्यानडाका लागि ओपनर आरोन जोन्सनले सर्वाधिक ६५ रन जोडे । उनले ६२ बलमा १० चौका र दुई छक्कासहित ६५ रन बनाएका हुन् । त्यस्तै नवनित धलिवालले ४६ रन बनाए । श्रेयश मोभ्वाले ४० रन बनाए ।

पर्गत सिंहले ३८ रन बनाए भने निकोलस कीर्तन र उदय भगवानले समान २०/२० रन जोडे । दिलप्रित बज्वाले १९ तथा शाहिद अहमदजाइलाई १३ रन बनाए ।

नेपालका लागि रोहित पौडेल र कुशल मल्लले समान २/२ विकेट लिए भने सोमपाल कामी, सूर्य तामाङ, आकाश चन्द र पवन सर्राफले १/१ विकेट लिएका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार