एसएसपी शर्मालाई दिइयो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा प्रमुखको जिम्मेवारी

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक कृष्णहरि शर्मालाई दिइएको छ।

उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले डीआईजी अर्जुन चन्दलाई प्रहरी प्रधान कार्यालय स्थित प्रदेश समन्वय विभागमा सरुवा गरेर विमानस्थलमा शर्मालाई ल्याएका हुन्।

Dengue

विमानस्थलमा कार्यरत एसएसपी दीपशम्शेर जबरालाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा काज सरुवा गरिएको छ।  कृष्णहरि शर्मा पोखरेल बागमती प्रदेश प्रहरी तालिम केन्द्र, दुधौलीबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा सरुवा भएका हुन्।

  माघ १२ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन अधिकृत छायाँलाल मोक्तान र प्रहरी कर्मचारीबिच कुटाकुट भएपछि त्यहाँको अवस्था ‘असामान्य’ बनेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार