नेपाल र क्यानडाबीचको एकदिवसीय शृंखला भोलि शुरु, टोलीमा ३ जना नयाँ खेलाडी

कैलाली – नेपाल र क्यानडाबीचको एकदिवसीय शृंखला भोलि (बिहीवार) शुरु हुने भएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भोलि विहान ९ बजे नेपालले क्यानडासँगको एकदिवसीय शृंखलाको पहिलो खेल खेल्ने भएको हो।

Seti Hospital

क्यानडसँगको शृंखलाका लागि नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईले आकाश चन्द, हेमन्त धामी र रिजन ढकाललाई पहिलो पटक राष्ट्रिय टोलीमा मौका दिएका छन्। माघ २९ गतेसम्म चल्ने शृंखलामा नेपालले ३ ओटा खेल खेल्नेछ। यही २७ गते शनिवार नेपालले दोस्रो तथा २९ गते सोमवार अन्तिम खेल खेल्नेछ।

खेलअघि आज आयोजित पत्रकार सम्मेलनमा मुख्य प्रशिक्षक देसाईले विशेष तयारी गर्न नपाए पनि क्यानडासँगको शृंखला रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने बताएका छन्।

घरेलु प्रतियोगिताले नयाँ खेलाडी उत्पादनमा सहयोग गरेको बताउँदै उनले अनिल साह र पवन सराफले पुनरागमन गरेको बताए। नेपाल र क्यानाडाबीच हुने शृंखलाको डिसहोमले प्रत्यक्ष प्रशारण गर्ने जनाएको छ। त्रिवि क्रिकेट मैदानमा हुने शृंखलाअन्तर्गतका खेलहरु डिसहोमले हाई डेफिनेशन (एचडी) क्वालिटीमा प्रशारण गर्ने भएको हो।

सबै खेलहरु डिसहोमको एक्सन स्पोर्टस एचडी वान र डिसहोम गोबाट हेर्न सकिनेछ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार