सांसद भाग्‍न थालेपछि प्रतिनिधि सभामा डिजिटल हाजिर  

काठमाडौं- प्रतिनिधिसभामा गणपूरक संख्यामा पुर्‍याउन पनि मुस्किल हुने र सांसदहरु हाजिर गरेर भाग्‍न थालेपछि हिजोदेखि डिजिटल हाजिर सुरु गरिएको छ। हिजो बसेको संसद् बैठकदेखि नै डिजिटल हाजिर सुरु गरिएको हो। बैठकमा उपस्थितिको विवरण वेबसाइटमार्फत जानकारी गराउने निर्णय पनि गरिएको छ।

यस्तै, संसद् बैठक सञ्चालनसम्बन्धी माघ र फागुन महिनाको क्यालेन्डर पनि अनुमोदन गरिएको छ। ‘विद्युतीय उपस्थिति तथा उपस्थिति विवरण वेबसाइटमार्फत सार्वजनिक गर्ने निर्णय भयो,’ सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले भने।

Seti Hospital

कार्यतालिका लागु भएपछि बैठकमा सांसदहरूको उपस्थिति र सहभागिताका निम्ति सहज हुने सभामुखको अपेक्षा छ। गएको एक वर्षमा एउटा मात्र विधेयक पारित गरिएको विषयमा प्रश्नहरू उठाइएको उनले उल्लेख गरे।

प्रतिनिधि सभाको सोमबारको बैठक २५ मिनेट बसेर स्थगित भएको छ। प्रतिनिधि सभाको अर्को बैठक माघ २४ गते बिहान ११ बजे बस्‍ने सभामुख देवराज घिमिरेले जानकारी गराएका छन्। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार