यू १९ विश्वकप : भारतसँग पराजित हुदै नेपालले टुंगायाे विश्वकप यात्रा

धनगढी- आईसीसी यू–१९ विश्वकपको सुपर सिक्सको आफ्नो अन्तिम खेलमा भारतसँग पराजित भएको छ । नेपाल १३२ रनले पराजित भएको हो । यो स‌गै नेपाली युवा टोलीले विश्वकप यात्रा टुङ्ग्याएको छ।

यू१९ विश्वकपमा नेपाल लगातार तेस्रो पटक भारतसँग पराजित भएको हो। यसअघि सन् २००० मा भएको पहिलो भेटमा नेपाल नेपाल ८ विकेटले पराजित भएको थियो। त्यस्तै सन् २०१६ मा भएको दोस्रो भेटमा नेपाल ७ विकेटले पराजित भएको थियो।

dashain shuvakamana
Discovery School

नेपालमाथिको जितसँगै भारतिय युवा टोली भने समुह ए को शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेको छ। नेपालको भने सुपर सिक्स खेल्नु अघि नै सेमिफाइनल सम्भावना सकिसकेको थियो। नेपालले समूह चरणको पहिलो र दोस्रो खेलमा न्युजिल्यान्ड र पाकिस्तानसँग हार भोगेको थियो। सुमह चरणको अन्त्मि खेलमा अफगानिस्तानलाई हराउँदै नेपाल तेस्रो स्थानमा रहेर सुपर सिक्समा पुगेको थियो।

सुपर सिक्सको पहिलो खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो।

भारतले दिएको २ सय ९८ रनको विशाल लक्ष्य पछ्याएको नेपालले ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६५ रन मात्र बनाउन सक्यो। कप्तान देव खनालले बनाएको ३३ रन नै नेपालका लागि सर्वाधिक रह्यो। ओपनर अर्जुन कुमालले २५ रन थपे। अर्का ओपनर दिपक बोहोराले २२ रन बनाए।

अन्तिम विकेटका लागि आकाश चन्द र दुर्गेस गुप्ताले ४५ रनको अविजित साझेदारी गरे। दुर्गेस गुप्ता २९ र आकाश चन्द १८ रनमा नटआउट रहे। भारतको घातक बलिङसामु नेपालका ब्याटर लामो समय क्रिजमा टिक्न सकेनन्। ५ खेलाडीले दोहोरो अंकको स्कोर छुदा ५ खेलाडी सजिलै आउट भए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार