सुदूरपश्चिमको प्रदेश विपद् ऐन संशोधन गर्न बनेको विधेयक विषयगत समितिमा पेस

धनगढी – सुदूरपश्चिम प्रदेश विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी संशोधन गर्न बनेको विधेयक छलफलका लागि विषयगत समितिमा पठाइएको छ ।

बुधबार बसेको प्रदेश सभाको तेस्रो अधिवेशनको चौथो बैठकमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरीको प्रस्तावमा विधेयक छलफलका लागि पठाइएको हो ।

Dengue

मन्त्री चौधरीले प्रदेशसभा नियमावली २०७४ को नियम १०८ को उपनियम १ को (ख) बमोजिम प्रदेश विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन सम्बन्धी संशोधन गर्न बनेको विधेयक प्रदेश मामिला तथा विधायन समितिमा पेस गर्न यो प्रस्ताव पेस गरेका थिए ।

सो विधेयक विषयगत समितिमा छलफलका लागि विषयगत समितिमा पठाउने प्रस्ताव सर्वसम्मत ढंगले स्वीकृत भएको सभामुख भीमबहादुर भण्डारीले सभालाई जानकारी गराएका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार