धनगढी-६ को जाली सामुदायिक वनका अध्यक्ष चौधरी विरुद्ध संसदीय समितिमा उजुरी

कैलालीको धनगढी–६ स्थित जाली सामुदायिक वनका अध्यक्ष करन चौधरीमाथि काठ तस्करीको गम्भीर आरोप लागेको छ। सामुदायिक वन क्षेत्रबाट सालका रुख कटान गरी अवैध रूपमा काठ तस्करी गरिएको भन्दै उनीविरुद्ध प्रदेश सभाको अर्थ विकास तथा प्राकृतिक स्रोत समितिमा उजुरी दर्ता गरिएको छ।

स्थानीय बासिन्दाले असार ८ गते दर्ता गराएको उजुरीमा अध्यक्ष चौधरीले उपभोक्ता समितिलाई जानकारी नदिई रातको समयमा रुख कटान गरी काठ बेपत्ता बनाएको र त्यसबाट आर्थिक लाभ लिएको आरोप लगाइएको छ।

यसअघि असार २ गते राति जाली सामुदायिक वनबाट काठ तस्करी भइरहेको अवस्थामा स्थानीयले हरि चौधरी र लाहनु चौधरीलाई ७३ क्युफिट सालको काठसहित नियन्त्रणमा लिएका थिए। सो काठ सव–डिभिजन वन कार्यालय तारानगरका अनुसार सरकारी वकिलको कार्यालयमा मुद्दा दर्ताका लागि पठाइएको छ।

उपभोक्ताहरूले भने वनभित्र ठूलो मात्रामा सालका रुख कटान भएको र त्यसमा अध्यक्ष चौधरीको प्रत्यक्ष संलग्नता रहेको दाबी गरेका छन्। उनीहरूका अनुसार पक्राउ परेका व्यक्तिहरू अध्यक्ष चौधरीकै सःमिलका लागि काठ ओसारपसारमा संलग्न थिए।

तर अध्यक्ष चौधरीले आरोप अस्वीकार गरेका छन्। आफू घटनाको दिन धनगढीमा नरहेको र पलिया गएको बताउँदै उनले काठ तस्करीमा आफ्नो कुनै संलग्नता नभएको स्पष्ट पारेका छन्। साथै, पक्राउ परेकालाई प्रभावित गरेको भन्ने आरोप पनि उनले अस्वीकार गरेका छन्।

उनका अनुसार सामुदायिक वनले उपभोक्ताको आवश्यकताअनुसार दाउरा वितरण गर्दै आएको छ र आफूविरुद्ध लगाइएका आरोप पूर्ण रूपमा झुटा हुन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार