फलेडी (डोटी) – सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक स्थल डोटीको के.आई. सिंह गाउँपालिका-६ फलेडीस्थित श्रीमष्टा देवताको पावन स्थल (छत्रेश्वर मन्दिर) मा आगामी असोजमा बृहत् ‘सप्ताह ज्ञान महायज्ञ’ हुने भएको छ ।
गत असार ९ गते सिल्लेखोली देवताको पुजाईका दिन स्थानीय बासिन्दा तथा सरोकारवालाहरूको उपस्थितिमा सम्पन्न बृहत् भेलाले आगामी असोज २ गतेदेखि ९ गतेसम्म श्रीमष्टा देवता मन्दिर छातीमा महायज्ञ सञ्चालन गर्ने निर्णय गरेको हो ।महायज्ञलाई व्यवस्थित रूपमा सम्पन्न गर्न र मन्दिरको भौतिक पूर्वाधार विकासका लागि श्रीमष्टा क्षेत्र विकास समितिले स्वदेश तथा विदेशमा रहेका सर्वसाधारण एवं श्रद्धालु भक्तजनहरूसँग आर्थिक सहयोगको अपिल गरेको छ । समितिका अध्यक्ष पदमराज जैशीका अनुसार महायज्ञ ऐतिहासिक रूपमा सम्पन्न गर्न सम्पूर्ण तयारी तीव्र पारिएको छ ।
महायज्ञ व्यवस्थापन तथा मन्दिरको दिगो विकासका लागि अक्षयकोष स्थापनाार्थ आर्थिक संकलन अभियान समेत सुरु गरिएको छ । इच्छुक दाताहरूले समितिका सचिव गणेश प्रसाद भट्ट र कोषाध्यक्ष डिल्लीराज जोशीलाई सिधै सम्पर्क गरेर वा समितिको नाममा रहेको बैंक खाता तथा डिजिटल क्युआर कोड (QR Code) मार्फत आफ्नो गच्छे अनुसारको दान रकम जम्मा गर्न सक्ने समितिले जनाएको छ ।
रकम जम्मा गरेपछि पारदर्शीताका लागि दानको डिजिटल रसिद वा स्क्रिनसट समितिको आधिकारिक फेसबुक पेजको म्यासेज बक्समा पठाइदिन समेत आग्रह गरिएको छ । मष्टा देवताप्रति अगाध आस्था राख्ने भक्तजनहरूको सहभागितामा धार्मिक संस्कृति जोगाउने उद्देश्यले यो अनुष्ठान गर्न लागिएको आयोजकले जनाएको छ ।
आर्थिक सहगोग गर्न चहानेले यो तल दिएको QR मा भेटी सहयोग गर्न सक्नु हुनेछ ।





प्रतिक्रिया दिनुहोस्