श्रिमतीलाई पछी पार्दै रेशम अध्यक्ष, विधान संसोधन गरेर रञ्जिता सहअध्यक्षमा मनोनीत

धनगढी- नागरिक उन्मुक्ति पार्टी (नाउपा)की संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठ सो पार्टीको सहअध्यक्षमा मनोनीत भएकी छिन् । 

शुक्रबार टीकापुरमा सम्पन्न प्रथम महाधिवेशनले पार्टीका संरक्षक रेशम चौधरीलाई अध्यक्षमा निर्वाचित गरेको थियो । निर्वाचित समितिको पहिलो बैठकले श्रेष्ठलाई सहअध्यक्षमा मनोनीत गर्ने निर्णय गरेको हो ।

Dengue

विधान संशोधन गरेर चौधरीले आफ्नै श्रीमती रञ्जितालाई सहअध्यक्ष बनाएका हुन् । सहअध्यक्षमा मनोनीत गर्ने निर्णय गरेको पत्र अध्यक्ष चौधरीले  श्रेष्ठलाई पठाएका हुन् । 

शुक्रबार अधिवेशन अघिसम्म चौधरीले अध्यक्षमा मनोनयन दिने सल्लाह नभएको, तर एक्कासि उनले अध्यक्षमा उम्मेदवारी दिएपछि भूमिसुधार मन्त्री समेत रहेकी श्रेष्ठ अधिवेशन स्थल छाडेर बाहिरिएकी थिइन् । 

नाउपाले विधान संशोधन गरी दुईजना महासचिव हुने व्यवस्था समेत गरेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार