प्रधानमन्त्री कप पुरुष क्रिकेट आजदेखि, तीन खेल हुँदै

काठमाडौं – प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदैछ ।

राष्ट्रिय खेलकुद परिषद्को कार्यक्रम अनुसार नेपाल क्रिकेट संघ क्यानले आयोजना गर्ने यस प्रतियोगिता घरेलु क्रिकेटकै ठूलो प्रतियोगिता हो ।एकदिवसीय फर्म्याटमा हुने प्रतियोगितामा सात प्रदेश र तीन विभागीय गरी १० टिमले प्रतिस्पर्धा गर्नेछन् ।

Dengue

यसपटक राउण्ड रोविन लिगमा यस प्रतियोगिता हुनेछ । जसले गर्दा हरेक टोलीले कम्तीमा ९ खेल खेल्न पाउनेछन् ।

लिग चरणमा कुल ४५ खेल हुनेछ । त्यसपछि शीर्ष दुई टोलीले सीधै फाइनल खेल्नेछ ।अर्को यसपटक प्रतियोगिता उपत्यका बाहिरसमेत हुनेछ र कुल ३ मैदानमा खेलाइनेछ ।

जसमा काठमाडौंको टीयू मैदान र मुलपानी मैदान तथा भैरहवाको सिद्धार्थ क्रिकेट मैदान छन् ।पहिलो दिन तीन खेल हुनेछ । उद्घाटन खेल नेपाल पुलिस क्लब र बागमती प्रदेशबीच टीयू मैदानमा हुनेछ ।यस्तै कोशी र मधेश प्रदेशबीच मुलपानी मैदानमा खेल हुनेछ भने लुम्बिनी र गण्डकी प्रदेशबीच सिद्धार्थ मैदानमा खेल हुनेछ ।

नेपाल यू-१९ राष्ट्रिय क्रिकेट टोली हाल यू-१९ विश्वकपका लागि दक्षिण अफ्रिकामा रहेकोले देव खनाल, गुल्शन झा, आकाश चन्द, दिपेश कँडेल जस्ता खेलाडी प्रधानमन्त्री कपमा देखिने छैनन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार