अपहरणमा परेका वडाध्यक्षका नाबालक छोराको सकुशल उद्धार

विराटनगर- मोरङमा अपहरणमा परेको केही समयमै प्रहरीले वडाध्यक्षका नाबालक छोराको सकुशल उद्धार गरेको छ।

जनप्रतिनिधिकै नाबालक छोरा अपहरणमा परेको घटनाले तरंग ल्याएको छ। अपहरित बालकको सकुशल उद्धार गर्दै प्रहरीले घटनामा संलग्न तीन जनालाई पक्राउ गरेको छ। जहदा गाउँपालिका–१ बाट मंगलबार दिउँसो ३ बजेतिर १० वर्षीय धनीधर राजवंशी अपहरणमा परेका थिए। उनी जहदा–१ का वडाध्यक्ष बाबुराम राजवंशीका छोरा हुन्। मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले विद्यालयबाट आएर घरनजिकको कोचागरा मन्दिरमा साथीहरूसँग खेल्न निस्किएका बेला बालकलाई अपहरण गरेर लगिएको जानकारी दिए।

dashain shuvakamana
Discovery School

उनका अनुसार स्कुलमा तिम्रो फोटो खिचाउनुपर्ने छ भनेर ३ जना युवाले ललाइफकाइ साइकलमा राखेर लगेको पाइएको छ। त्यहाँबाट अपहरणकारीले भाथीगछ–हरिनगराको गुरुङ टोलमा पुर्‍याएपछि साइकलदेखि ओरालेर मोटरसाइकलमा राखी मास्क लगाएर विभिन्न स्थान हुँदै बालकलाई विराटनगर महानगरपालिका–१५ स्थित खाकीबाबा मन्दिरनजिकको यादव निवासमा पुर्‍याएर राख्न खोजेको दाहालले बताए।

यादव निवास लेखिएको घरमा राख्न खोज्दा अपहरणकारीबीच नै विवाद भएको पाइएको छ। बालकलाई त्यहाँबाट अन्यत्र लैजाने प्रयास हुँदै गर्दा थाहा पाएर स्थानीयले होहल्ला गरेछन्,’ उनले भने, ‘घटना थाहा पाउनसाथ पुगेको प्रहरीले बालकको सकुशल उद्धार गरेको छ। यस विषयमा थप अनुसन्धान भइरहेको छ।’ बालकलाई मोटरसाइकलमा बसाएपछि मिलन चोक, झोलुंगे पुल हुँदै विराटनगर–१८ र विराटनगर– १४ को बाटोबाट विराटनगर–१५ स्थित यादव निवास लेखेको घरमा पुर्‍याइएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

बालक अपहरणमा परेको जानकारी पाउनसाथ अपहरणकारीको खोजी र बालकको उद्धारका लागि मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले विशेष टोली परिचालन गरेका थिए। इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक सन्दीप बेलबासे र इलाका प्रहरी कार्यालय बुधनगरका प्रहरी नायव निरीक्षक विजय बस्नेतको नेतृत्वमा खटिएको संयुक्त टोलीले विराटनगर–१८ बाट बालकको उद्धार गरेको हो। डीएसपी दाहालका अनुसार प्रहरी आएको थाहा पाएपछि अपहरणमा संलग्न भने फरार भएका थिए।

बालकका बुवा एवं जहदा–१ का वडाध्यक्ष बाबुराम राजवंशीले अभिभावकलाई थाहा नदिइकन खेलिरहेको ठाउँबाट मञ्जुरीबिना नै छोरालाई बन्धक बनाउने योजनासहित अपहरण गरिएको भन्दै दोषीमाथि कारबाहीको माग राखेर प्रहरीमा जाहेरी दिएका छन्। बालकलाई अपहरण गरिएको घटनामा संलग्न तीनजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा जहदा–१ का २० वर्षीय अभिषेक यादव, १९ वर्षीय मिथिलेशकुमार यादव र विराटनगर–१८ का २१ वर्षीय विवेकानन्द यादव रहेका छन्। सुरुमा अभिषेक पक्राउ परेका थिए। त्यसपछि अरू दुई जनालाई पक्राउ गर्न प्रहरी सफल भएको हो। ‘तीनै जनाको मिलेमतोमा बालकको अपहरण गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ डीएसपी दाहालले भने, ‘उनीहरू जहदा–१ बुधनगरबाट पक्राउ परेका हुन्।’ पक्राउ परेकाविरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दा चलाउन बुधबार अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको जानकारी उनले दिए।

दाहालका अनुसार इन्सपेक्टर सन्दीप बेलबासे नेतृत्वको टोलीले घटनाको अनुसन्धान थालेको छ। विस्तृत अनुसन्धानपछि बालकलाई अपहरण गर्नुपर्ने कारण पत्ता लाग्ने उनको भनाइ छ। यद्यपि, बालकलाई भारत पुर्‍याउने योजनासहित अपहरण गरिएको हुनसक्ने प्रहरीको अनुमान छ। पक्राउ परेकामध्ये मिथिलेशले भारतीय नम्बरको वाट्सएपमा कुरा गरेको पाइएको प्रहरीको भनाइ छ। ‘अपहरणकारीले भारतीय मोबाइल नम्बरको वाट्सएपमा कुरा गरेका कारण भारत पुर्‍याउने योजनासहित बालकको अपहरण गरिएको आशंका छ,’ प्रहरी स्रोतले भन्यो, ‘अपहरणको मुख्य योजनाकार नै भारतीय नागरिक हुन सक्छन्।’ अपहरणको मुख्य योजनाकारका बारेमा खुल्न बाँकी रहेको र विभिन्न कोणबाट घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

पक्राउ परेकाहरूले भने विराटनगरसम्म ल्याइदिएवापत १÷१ हजार दिने भनेपछि आफूहरूले बालकलाई लिएर आएको प्रहरीलाई बताएका छन्। बालकलाई विराटनगरसम्म ल्याउन लगाउने मान्छेका बारेमा उनीहरूले खुलाएका छैनन्। तर, बालकलाई ल्याएपछि उनका बाबु ९वडाध्यक्ष बाबुराम राजवंशी०ले दिएकोमध्ये आधा पैसा दिने भनेर प्रलोभन देखाएको पाइएको प्रहरीको भनाइ छ। ‘सुरुमा १-१ हजार र त्यसपछि बालकका बाबुबाट प्राप्त भएको आधा पैसा दिने भनेपछि त्यही लोभमा परेर ३ जनाले बालकलाई अपहरण गरेको पाइएको छ,’ प्रहरी स्रोतले भन्यो, ‘तत्काल प्रहरी पुगेर उद्धार गर्न नसकेको भए बालकलाई भारत पुर्‍याउने रहेछन्।’ घटनाको प्रकृति हेर्दा बाबुसँग फिरौती रकम असुल्नकै लागि बालकको अपहरण भएको देखिने डीएसपी दाहाल बताउँछन्।

‘भारत पुर्‍याएर बालकलाई बन्धक बनाउँदै अभिभावकसँग फिरौती रकमको ‘बार्गेनिङ’ गर्ने योजना बनाएजस्तो देखिन्छ,’ उनले भने, ‘तर, यसको आधिकारिक पुष्टि भइसकेको छैन।’ यद्यपि, प्रहरीको सक्रियताका कारण अपहरणमा परेका बालकलाई भारत पुर्‍याउन भने नपाएको दाहालको भनाइ छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार