मृगको शिकार गरेको आरोपमा मासुसहित एकजना पक्राउ

गुलरिया : बर्दिया प्रहरीले मृगको शिकार गरेको आरोपमा मासुसहित एकजनालाई नियन्त्रणमा लिएको छ। गुलरिया नगरपालिका वडा नम्बर १ स्थित छेदापुरबाट ३२ वर्षीय दिपचन्द्र कोरीलाई मृगको मासुसहित नियन्त्रणमा लिएको हो।

मृग जस्तो देखिने जनावरको ३ किलो २ सय ग्राम टाउको, खुट्टा र मासुसहित आरोपितको घरबाटै नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए।

जनावरको मासु शिकार गरी ल्याउँदै गरेको गोप्य सूचनाको आधारमा नियन्त्रित प्रतिवन्धित मासुसहित मानिसलाई थप अनुसन्धानको लागि डिभिजन बन कार्यालय बर्दियामा बुझाइएको उनले बताए। जिल्ला प्रहरी कार्यालय बर्दिया मातहत खैरापुर प्रहरी चौकीले मासुसहित मानिस नियन्त्रणमा लिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार